Saturday, September 11, 2010

आहा बागमती

बागमती नदी हेरेर काठमाडौंमा आहा भन्ने कोही पनि हुँदैन सवैको मुखबाट छ्या वागमती निस्कन्छ आरध्यदेव पशुपति नाथको मन्दिर आडैमा पनि वागमती शुद्ध सफा छैन वागमती नदी नभएर धेरै ठाउँमा कुलो अझ फोहर पानी बग्ने साह्रै अव्यवस्थित नाला जस्तो देखिन्छ वागमतीको हालत निकै दयनिय अवस्थामा पुगेको यो कहिल्यै सफा हुन सक्दैन भन्ने लाग्छ नेपालीलाई तर केही यसलाई निर्मल कंचन बनाउन लागेका छन् मरिमेटेर तर त्यो शक्ति निकै थोरै
यो छ्या वागमतीलाई आहा भन्ने बनाउन नसकिने भने पक्कै होइन नागरिक न्युज अनलाइनमा विकास कार्मीले एक पटक होइन दुई पटकसम्म वागमतीको एउटा फोटो हालेका छन् जुन फोटो हेरे त्यो वागमती हो भन्ने विश्व्सा गर्नै सकिन्न फोष्टरहरु मा देखिने विदेश तिरको दामी सिन जस्तो त्यो फोटो त्यति राम्रो ठाउँ वागमती भनेर झुक्किभएर राख्यो कि भन्ने पनि लाग्छ सुरुमा तर त्यो वागमती नै रहेछ त्यति राम्रो पनि रहेछ वागमती कुनै पुरानो होइन अहिले कै फोटो हो
वर्षाले पखालीएर वरपरको ढुंगा पनि सफा चिल्ला भएका छन् हरियाली लपक्कै पोतिएको सुन्दर चित्रमा मिलाएर रंग पोते जसरी पानी यति कंचन कि पानी नभएर त्यो दुध हो यस्तो वागमतीको कल्पना हामी गर्नै सक्दैनौं पशुपतिको आडमा वगेको वागमती देख्नेहरुले शिव लिङ्गमा दुध चढाएको जस्तै देखिन्छ त्यहाँको नदीको धारा साच्चैको अकल्पनीय वागमतीको तस्विर यस्तो पनि रहेछ वागमती एक पटक दगदास बनाउँछ सवैलाई त्यो फोटोले मान्छे धेरै बेर गम खान्छ गम खाँदा खाँदै वागमतीलाई पुरै त्यही अवस्थामा देखने चाहना पनि मन भित्र फैलाउँछ यद्यपि यथार्थमा त्यो हुन केही गाह्रो भने अवश्य
यो फोटो वागमती नदीको मुहान सुन्दरी जल नजिक खिचेको होइछ मुहान आसापास वागमती एक्दमै सफा जसको मुहान सफा हुन्छ त्यसलाई पुरै सफा राख्न केही असम्भव हुँदै हुँदैन वागमती तल लागेपछि मान्छेका कारणले फोहर भएको हो आधारभुत रुपमा वागमती सफा नै मान्छेका कारण मैला भएको हो भने त्यसलाई सफा गर्ने ताकत पनि मान्छेसँगै फोहर गर्न सजिलो , निकै सजिलो, सफा गर्न भने त्यति सजिलो छैन सजिलैसँग गरेको फोहर हटाउन केही मिहेनत गरे जत्रो सुकै फोहरको पहाड पनि पन्छिन्छ तर पहाड फार्ने आँट गर्नु पर्छ योजना बनाउनु पर्छ आँट योजना एक दुईजनाले बनाए हुन्छ तर योजना कार्यान्वयन गर्न समुदायलाई नै समेट्नु पर्छ
यसरी काम भयो भने पुरै वागमती आधारभुत स्वरुपमै फर्कन बेर लाग्दैन हामीलाई प्रकृतिले ज्यादै सुन्दर बस्तुहरु दिएको वागमती पनि त्यस्तै सुन्दर प्राकसतिक रुपमा त्यसलाई विगार्ने काम हामीले गरेका हौ उसलाई उसकै रुपमा फर्काउनु पर्ने दायित्व पनि हाम्रो हो तर हामी अझै यो बारेमा त्यति गम्भिर छैनौं हामी वागमतीको मुहान नै धमिलाउँन उद्यत होउँला तर वागमतीलाई मुहानको जस्तो कंचन निर्मल बनाउन लालयित छैनौं ।वागमती सुधार्न देखा परेको मुख्य समस्या नै आखिरमा यही हो

No comments:

Post a Comment