
सक्रिय सुदको माओवादीसँगको सम्बन्ध सुमधुर छैन कटुता बढी छ । सुदलाई माओवादीले देख्यो कि झम्टि हाल्ला भन्ने सोच्छन् मान्छेहरु । माओवादीले मात्रै होइन् नेपालका सर्वसाधरणले पनि त्यत्ति रुचाउँदैनन् । सुदको अनावश्यक सक्रियताले उनलाई यो हदसम्म पुराएको हो । जस्तै भारतीय बहुराष्ट्रिय कम्पनी डाबरले उत्पादन गर्ने रियल जुसमा किरा भेटिएको भन्ने समाचार नेपाली मिडियामा एक पटक छपक्कै छाए । सुदले नेपाली मिडियाले बिज्ञापन नपाएको हुँनाले त्यस्तो समाचार छापेकाहुन् भन्दै बिज्ञप्ति निकाले । यी र यस्ता व्यवहारले सुदको उपस्तिथी अरु नेपालीलाई पनि सुपाच्य लाग्न नथालेको हो ।

जिपबाट झरे सुद । छापामारहरुले माला लगाएर स्वागत गरे । सुद झेपछि नै भकाभक झरे अरु देशका राजदुतहरु । सुद अगाडी बसेका रहेछन् र झर्न पनि पहिला भए छन् । सुदको सक्रियताको नमुना हो यो । स्वागत गरेर छापामारले उनलाई भित्र लगे । स्वागत खाँदै सवै भित्र जाँदै गर्दथे । मन्त्रीदेखि नेतासम्म कर्मचारी देखि कुटनीतिज्ञसम्म सवै भित्र गए । पाल मुनि बसे । एक आपसमा भलाकुसारी गर्दै समय कटाए । तरल सुद चुपचाप बसेनन् । उनी क्यामरा बोके अनि पोज लिदै फोटो खिच्न थाले । सवै बसेको टेण्ट मुनीको क्षेत्र उनका लागि साँघुरो ठहरियो । त्यहाँबाट बाहिर निस्के यता उताका फोटो पनि खिचे ।
प्रधानमन्त्री लगायतका मुख्य व्यक्तिहरु अलि अबेला आए शक्तिखोर । त्यो बेलासम्म पहिला आएकाले खाना खाने काम भयो । प्रधानमन्त्रीहरु आएपछि स्वागत र केही बेरको भलाकुसारीपछि खाना खान आए । भारतीय राजदुत राकेश सुद खाना खान व्यवस्था भएको पालमुनी आइपुगे । प्रधानमन्त्री लगायतले खाना लिएको फोटो धमाधम खिच्न थाले । गृहमन्त्री भिम रावलले सुदलाई देखे । सुदको नजिकै गएर रावलले दाहिने हातका पाँचै औला एकै ठाउँ जोडेर ओठसम्म लगे । सुदले रावलको इसारा बुझेछन् अनी हिन्दी लवजमा नेपाली शब्दमा निकालॆ 'खायो ।' प्रधानमन्त्रीको टोलीले खाना खाए लगत्तै कार्यक्रम सुरु भयो क्याम्पको दक्षिण तर्फ रहेको को फुटबल मैदानमा । डेढ सयभन्दा बढी अतिथि अटाएको विशाल मंचमा सुद गएर बसे ।

अरु बेला थुपुक्क बस्न नसकेका सुद सायद थाकेर भाषणका बेलामा कितावमा मग्न भएको पक्कै होइन होला । भाषण भइरहेको त्यत्रो चर्को कोहलाहल युक्त ठाउँमा बसेर उनले कसरी किताव पढ्न सकेका । तिमीहरुले जुत्ता हाने पनि तिम्रै सेनाकै क्याम्प भित्र म निस्फिक्री घुम्न सक्छु म हतास छैन भन्ने देखाउनका लागि मात्रै सुदले अघिल्ला गतिविधि गरेका पो हुन कि ।
Good angle of Reporting...
ReplyDelete