
'भने पोहरकोभन्दा त निकै कम हो । परारको जति पनि मान्छे छैनन् जस्तो छ ।' पोहर माघे संक्रान्तिकै दिनमा सूर्य ग्रहण पनि परेको थियो । त्यसैले दोहरो फल लिन मान्छेहरु ठाउँठाउँबाट अत्याधिक आए । पोहर त कि मान्छे थिए कि उनीहरुले चढेका गाडी थिए जता ततै । तर यस पटक त्यो मात्रामा मान्छे नआएकै हुन् । डुंगा चलाउने मात्रै हो र पुल चोकमा बस्नेहरुले पनि उस्तै अनुभव गरे । एकजना स्थानीय व्यपारीले मलाई भने 'दाई पहिला पहिला पुसको मसान्तिको दिउँसोको तीन नबज्दै देउघाट देउघाट भन्दै गाडीवालाहरु कराउँथे । यस पटक साँझ पर्दा पनि त्यो भनेको सुन्न पाइएन ।'


अनौठा बाबाहरु मेलामा देख्न पाइयो । तुलनात्मक रुपमा केही बाबाहरु सुकिला मुकिला पनि थिए । कोही बाबा गाँजा तान्दै गरेका भेटिए । माग्नेको लाममा घुसेको बाबा ताल तालका थिए । उता काली र त्रिशुलीको संगममा नुहाएर फर्कने बाटोमा बसेको माग्नेहरुको लाममा एउटा बाबा कुकुरलाई अंगालो हालेर बसेका थिए । ति बाबा थोरै चामल दिए रिसाउँदै त्यत्ति नै चामल बाहिर फ्याँकी दिन्थे । तर चामल दिनेले यो दृश्य चाल पाएको हुँदैन थियो । हैन यस्ता बाबालाई कस्ले धेरै नै चामल दिएको रहेछ र हो वरपरको अरुकोभन्दा उनको थुप्रो ठुलै थियो ।


No comments:
Post a Comment