
अब यस्तो सजिलो बस्तुलाई सवैले जोगाएरै राख्छन् । एउटा माघ गए अर्को आउँछ त्यो बेलालाई पनि चाहिन्छ । सिरक च्यादर ब्लाङकेटको सक्दो संरक्षण गर्नु मानवीय स्वभाव नै हो । आगो ताप्नु पनि उसै गरि लालायित हुन्छ यो जाडोमा । आगो बाल्न दाउरा चाहिन्छ भन्ने कस्लाई थाहा नभएको हो र । तर दाउरा बाहेक भुस र अरु धेरै चिजबाट पनि बाल्ने र त्यो आगो ताप्ने गरिन्छ जाडोमा । तर मुढोको आगो सवैभन्दा मज्जाको हुन्छ ।
मुढो नपाइएमा काम चलाउने चिज अरु धेरै हुन्छन् । तर अरु बेला ओढ्न काम लाग्ने जाडोको अत्यन्त भर पर्दो साथी ब्लाङकेट बालेर आगो ताप्ने कुरा यो त असामान्य मनस्थितिकाले नै गर्ने काम हो । जो सुकेले यस्तो काम त गर्दैन । अनि जस्ले गरे पनि यस्तो गरेको देखेपछि मनमा अनेक कुराहरु खेल्न थाल्दो रहेछ । त्यसो गर्ने असली पात्रसँग गाउँ समाज समुदाय र राष्ट्रका अनेक पात्रहरुको अनुहार मिसिएर दिमागमा नाच्न थाल्दो रहेछ ।

बाबाहरुले के गरे यस्तो वरपर बसेकाले अचम्म माने । बाबाहरु भने निस्फिक्री देखिए । त्यो बगरमा यसो खोज्ने हो भने मुढा सल्काउने झिँजा जति पनि पाइन्थे । उस्तै परे ठुलै दाउरा भेटिन्थे । त्यत्ति नगरेर बाबाहरुले जाडोको भरपर्दौ साथी ब्लाङकेट बालेर आगो तापे । नेपालीमा उखान छ घर पोले खरानीको के चिन्ता । दुई मिनेटको न्यानोका लागि दुई वर्ष खप्ने ब्लाङकेट डढाए बाबाहरुले ।
हुन त बाबाहरुले यस्ता ब्लाङकेट अरु पनि पाइहाल्छन् सित्तैमा । त्यसै पाउने मालको के चिन्ता । के वस्तुको के महत्व हो त्यो थाहा नभएपछि यस्तै विध्वंस गर्न मन लाग्दो हो । यस्तो मनोवृत्ति भएका पात्रहरु अनेक छन् । तपाइँहरुले पनि चिन्नु भएकै होला ?
No comments:
Post a Comment