
आरक्षणको कुरा आइ हाल्यो यो खेल समावेशी पनि छ । विश्वमा यस्तो कुन खेल छ जसमा महिला पुरुष सँगै एउटै टिममा मिसिएर खेल्छन् । हात्ती पोलोमा भने यस्तो हुन्छ । टिममा महिला र पुरुष दुवैले भाग सिलन पाउँछन् । कुनै कुनै टिम त महिलाका मात्रै पनि हुन्छन् अनि पुरुषसँग जुद्धछन् मैदानमा । अनि हात्ती पोलोको नियममा

ओ हो कस्तो गज्जबको खेल यो हात्ती पोलो । नेपालका महिला अधिकारकर्मीले चाहेको कुरा रहेछ हात्ती पोलोमा । तर नेपालका महिला अधिकारकर्मीहरु पनि अलि अनौठै छन् कुनै प्रवन्ध गरेनन् भने हामीलाई वास्ता गरेनन् भनेर नारा लगाउँछन् अनि सहुलियत चाहियोसम्मका कुरा गर्छन् । सहुलियत सहित

सहुलियत भयो हामीलाई कमजोर ठानेर यस्तो प्रवन्ध गरियो भनेर कुनै नेपाली नारीलाई दुख लाग्छ भने उनीहरुलाई खुसी बनाउन सक्छ हाम्रो नेपाली टिमको चरित्रले । हात्ती पोलोमा नेपालको टिम सशक्त मानिन्छ । तर नेपाली टिममा कहिल्यै महिला समावेश हुँदैनन् । नेपाली समाजको प्रतिविम्ब छ हात्ती पोलोको नेपाली टिममा । साच्चै महिलावादीहरुले टिप्पणी गर्न परो भने मैले चर्चा गरेको हात्ती पोलोको यो सन्दर्भलाई कसरी व्यख्या विश्लेषण गर्दा हुन् ?
No comments:
Post a Comment