
यही आस्था र विश्वसाले पुर्वी चितवनको खैरहनीकी अप्सरा खरेलले पनि कात्तिक २१ गते दिउँसो भाइ कृण कँडेललाई टीका लगाइ दिएकी थिइन् । अप्सराका दाजु भाइ तीनजना हुन् तर दुईजना बेलायतमा छन् । अप्सरा सहित पाँच दिदी बहिनी मिलेर भाइ कृष्णलाई टीका लगाइ दिए । खाना खाएपछि कष्ण भैलो खेल्न भन्दै निस्किए । उनी त्यो रात घर फर्केनन् । भर्खर २१ लागेका कृष्ण रमाइलो गर्दै होलान भन्ने सोचे घरकाले । उनी आफन्तै पर्नेसँग निस्केका थिए घरबाट । कुनै अन्यथा सोचेनन् त्यस बेला । भोलि पल्ट बिहानै गाउँ नजिकको पम्पा खोलामा युवकको लाश भेटिएको हल्ला चल्यो । कृष्णको परिवारको मनमा चिसो पस्यो । कोही कृष्ण हो भन्छन् कोही होइन भन्छन् । मुख फिँजले छोपिएको थियो । त्यसैले झट्ट चिन्न सकेनन गाउँलेले । तर त्यो लाश कृष्णकै रहेछ ।

बाटो बन्द भएपछि प्रहरी आयो सहमति गरो । अनुसन्धानका लागि चारजना उसै दिन समातिए । गहन अनुसन्धान गर्न भन्दै काठमाडौंबाट तालिम प्राप्त कुकुर मगाइयो । प्रहरीले काम गरेकै छ । तर गाउँलेहरुलाई अझै राम्रोसँग काम नहुने हो कि भन्ने गहिरो आशंका छ । पोष्टमार्टम रिपोर्ट गलत आएको छ रे भन्ने सूचना घरघरमा पुगेको छ यद्यपि त्यस रिपोर्टमा के छ त सत्य कुरा कसैलाई थाहा छैन । सामान्य मान्छेले पनि पोष्टमार्टम रिपोर्टको गज्जबसँग विश्लेषण गरेको देखिन्छ, सुनिन्छ । घटनाको सत्यतासम्म प्रहरी पुगोस भन्नका लागि गाउँलेहरु दवाव दिन छाडेका छैनन । हिजो मंसिर १० गते शुक्रबार चारस वस गाउँले जिल्ला प्रहरीमा आए धर्नामा बसे । प्रहरीले घटनाको सत्य पत्ता लगाएरै छाड्ने र दोषिहरुलाई कारवाही गरेरै देखाउने बचन दिएपछि उनीहरु फर्के । आश्वासन पाएर गाउँलेहरु फर्के तर जे भए पनि जसो भए पनि अप्सराले अब त्यो प्यरो कान्छो भाइ कहिल्यै पाउने छैनन् । जसले त्यो भाइलाई मारेको हो ति सवै समातिउन, जेलमा जाउन, उनको चाहना यही हो ।
No comments:
Post a Comment