
त्यसो त सरकारले सरकारले ६० वटा अश्लिल साइट बन्द गरेको खवर आएको छ । साथी संकल्प पोखरेलले पहिलो दिनमै फेसबुकमा लेखे सरकारले काम गर्न थाले छ । तर उति बेलै मैले कमेण्ट हालेको थिए त्यो तमाइकोमा मात्रै काम गरेको देखिएको होला मैले जस दिन सक्ने। अवस्था छैन । अर्थात अश्लिल साइटहरु बन्द गर्ने सरकारको घोषणा कार्यन्वयन भएछ भन्दै संकल्पले फेसबुकमा लेखेको थिए तर मैले तत्कालै केही नामी अश्लिल साइटहरुको एड्रेस टाइप गर्न नपाउँदै ति भटाभट खुले । अनि मैले कसरी सरकारलाई जस दिने ।

कताकताबाट सरकारले अश्लिल साइटहरु बन्द गर्ने हौवा चलायो । जसमा प्रोनो साइटहरु पर्दै नपर्ने सामाजिक मयौदालाई ख्याल राखेर चलाउने हाम्रा शुद्ध ब्लगहरु भने बन्द हुने कस्तो काम गरेको हो त सरकारले यस्तो । यो बारेमा सरकारलाई चाडै नझकझकाए सरकारको काम ब्यर्थै हुने भयो । त्यसैले कसैको न्युज साइट र ब्लगहरु खुल्दैनन भने ति अश्शिल साइट बन्द गर्ने सरकारी घोषणा कार्यन्वयनको पाइलामा कुल्चिएछन् भन्ने ठान्नलाई अवेला नगरौं । साथै किन यस्तो भयो भनेर कता भन्नु पर्ने हो भनौं । चुप लागेर नबसौं । सरकारले प्रष्टसँग भनोस अश्लिल भए पनि नभए पनि ब्लगहरु पनि बन्द गर्न खोजेको हो भनेर । ब्लगका कारण सामाजिक मर्यादा नैतिक आचरण र राष्ट्रिय अखण्डतामा खलल पुग्ने यथेष्ट आधारहरु छन् भने रोक्ने दायित्व सरकारको हो हामी पनि चुप लागौंला तर लहडको भरमा बन्द गरेको हो भने गर्न पाइदैन भनेर आवाज उठाउँला ।
अश्लिल साइटहरु बन्द गर्ने भनेर सवै प्रकारका ब्लगहरु बन्द गर्दा ब्लगरहरुको मानमर्यादामा पनि आँच पुग्न सक्छ । ए फलानाले त अश्लिल ब्लग चलाएको रहेछ है भनेर गाइगुइ साइसुइ हुँदै टोलभरी हल्ला फैलन सक्छ । बेफ्वाकमा यो टिका टिप्पणी सुन्नु पर्दा मानसिक रुपमा कति हैरानी होला । सरकारले देला त क्षतिपुर्ती । तर यो हदसम्मको कुरा गर्नु पर्ने आवश्यकता अहिले छैन । केही दिनपछि सवै ब्लग पहिलाको जस्तै खुल्लान । तर भयंकर अश्लिल सामाग्रीहरुलाई नचलाएर सरकारले ब्लगलाई किन निसानामा पारेछ ? यो कुरा चाहि सधै खेलि रहने छ मनमा ।
No comments:
Post a Comment