.jpg)
नेपालमा राष्ट्रिय निकुंज तथा वन्यजन्तु संरक्षण विभागले वि।स।२०६५ सालको मंसिर पाँच गतेदेखि फागुन १२ गतेसम्मे रौतहटदेखि पश्चिम तराइका बाघ पाइने सम्भावित १४ वटा जिल्लाका वन क्षेत्र निकुाज तथा आरक्षमा अनुगमन गरेको थियो । अनुगमन सुरु गर्ने र सक्ने काम सवै ठाउँमा एकै पटक भएको थियो । चितवन निकुंजमा पनि त्यसै गरियो । चितवन निकुाज नेपालमा बाघको मुख्य वासस्थल हो । यो निकुाज बाहेकका ठाउँमा अत्यन्त कम बाघ छन् । गत वर्ष सार्वजनिक अनुमगन प्रतिवेदन अनुसार नेपालमा बर्दिया राष्ट्रिय निकुंजमा १८ शुक्ला फाँटा आरक्षमा आठ र पसा्र आरक्षमा चार बाघ छन् ।
बाघको मुख्य बास स्थल चितवन निकुाजमा अघिल्लो पटकको अनुगमनमा निकुंज अन्तर्गत रहेको चुरे क्षेत्र पुरै छुटाइयो । अनि एक वर्ष नपुग्दै वि।स।२०६६ सालको मंसिर २२ गतेदेखि चैत्र आठ गतेसम्म चितवन निकुाजमा दोहर् याएर बाघ अनुगमन गरिएको थियो । यस पटक पहिला छुटेको चुरेमा मात्रै अनुगमन गरेर हुँदैन थियो । चुरे सहित निकुाजको पुरै क्षेत्र समेटेर बाघको अनुगमन गर्दा ३३ वटा बाघ चुरे क्षेत्रमा र एउटा मात्रै त्योभन्दा बाहिर फेला पर् यो । यस पटक चितवन निकुाजमा मात्रै दोहर् याएर बाघ अनुगमन भयो । पहिलेको अनुगमनभन्दा पछिल्लो अनुगममा जम्मा नौ दिन बढी समय लागेको छ ।
पुरै निकुंजमा पाइने मध्ये एक तिहाई बाघ चुरे क्षेत्रमा बस्छन् भन्ने तथ्य निकुाजका अधिकारीलाई थाहा नभएको पक्कै होइन होला । यस्तो हुँदा हुँदै पनि गत वर्ष अधुरो काम किन गरियो त यो प्रश्नको उत्तर निकुाजबाट आएकै छैन । नेपालभर एकै पटक सुरु गर्ने र सक्ने लक्ष्यका साथ काम गर्दा चुेरे क्षेत्र छुट्न गयो भनिए पनि चुरेका लागि मात्रै धेरै समय नलाग्ने देखिइहाल्यो । यो पटक पहिलाकोभन्दा जम्मा नौ दिन मात्रै बढी समय लागेको छ । अर्थात गत वर्ष तोकिएकै समय भित्रैमा काम सक्न त्यत्ति गाह्रो नपर्ने यसले देखाउछ । फेरि चितवन निकुंज बाघ पाइने मुख्य ठाउँ हो भने यहाँ खर्च हुने समयको अनुमान गरेर पो काम सक्ने मिति निर्धारण गर्नु पर्दथ्यो । बाघ नपाइने र कम पाइने ठाउँमा सकियो भनेर चितवन निकुाजको पुरै क्षेत्र अनुगमन नगर्दै काम छाड्दा नगद मात्रै ३८ लाख रुपैयाँ खर्च गर्नु पर् यो । पहिला नै काम गरेको भए यो जोगिने थियो । संरक्षणको अरु काममा लगाउन सकिन्थ्यो ।
नेपाल सरकारको नीति प्रत्येक दुई दुई वर्षमा बाघको अनुगमन गर्ने भन्ने छ । तर एक वर्ष नपुग्दै चितवनमा मात्रै बाघ अनुगमन गरियो । कुनै क्षेत्र नछाडिकन बाघ अनुगमन गर्ने भन्ने शिक्षा लिएर काम गरेको होला भनेर सन्तोष गर्ने ठाउँ पनि छैन । किन भने यो पटक पनि निकुाजले सोमेश्वर पहाडी क्षेत्रलाई हेर्दै हेरेन । जुन ठाउँ बाघको बासस्थल भइकन पनि अनुगमनमा पहिलो पटक पनि समेटिएको थिएन । पहिलाको गल्ती नसुधार्ने हो भने किन दोहर् याएर काम गर्नु परेको होला निकुाजलाई ?
दातृ निकायको सहयोगमा नेपाल सरकारको निर्देशन बमोजिम निकुाजले काम गरेको हो । विश्व वन्य जन्तु कोष डब्लुडब्लएफ ले विश्वमा अहिले जति बाघ छन् त्यसको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने योजना घोषणा गरेको छ । पहिला ठाउँ छाडेर अर्को वर्ष अनुगमन गर्दा नेपालमा एकै वर्षमा एक चौथाईभन्दा बढी बाघ बढे । ठाउँ छुटाउँदै गन्दै अनि पहिलाकोभन्दा बढी बाघ देखाउने र सन् २०२२ को लक्ष्य भेटाउन सकिन्छ भन्ने नियत सरकारले राखेको हो भने यो संरक्षणका लागि यो घातक हुने छ । सुरुमै राम्रोसँग काम नगर्ने खर्च बढाउने र नतिजाको आफ्नो अनुकुल व्यख्या गर्ने परिपाटीले संरक्षणमा कसरी सहयोग पुग्छ ?
No comments:
Post a Comment