
ज्यान मात्रै थाकेको हो र मन पनि केही आत्तालिएको थियो । यस्त्ो बेला गरेको झण्डै १५ मिनेटको वार्तालापले सम्बन्ध जोड्न प्रेरित पो गर् यो । बुटबलबाट २० किलो मिटर पश्चिम बाँसगढी गाउँमा रहेको उनको घरमा त्यस दिन झण्डै ४५ मिनेट बिताएर फर्कदा यो घरमा अब पटक पटक आउनु पर्ने हुन्छ भन्ने लागेको थियो जुन साँचो भयो । बिहे गर्ने उमेर कट्न लाग्यो भनेर कचकच गरिरहेका अभिभावकहरुले कमसे कम एक पटक भए पनि केटी हेर भनेर धेरै नै कर गरेपछि बाँसगढी हानिएको म उतै तानिए । एकै पटकमा बिहेका लागि राजी होला भनेर कसैले चिताएका थिएनन् । त्यसैले धेरै विकल्पहरु राखेर बलाई पश्चिम बोलाइएको थियो तर शुष्मासँगको १५ मिनेटको कुराकानीले मलाई तत्कालै निर्णय लिन सजिलो बनायो ।
५० वर्षसँगै बिताउने विषयमा तपाइले १५ मिनेट कुरा गरेर निर्णय लिनु भयो भन्दै विदेशमा भएको भाइले केही अनौठो मान्यो । तर त्यो छोटो वार्ताले पनि केही अधारभूत कुराहरुको सफ चित्र दिएकाले मलाई निर्णय लिन थप समय नलागेको हो । अभिभावकहरुका तर्फबाट धेरै कुराहरु बुझ्ने काम भएकाले मैले लामो समय लिनु पर्ने आवश्यकता पनि थिएन । त्यसैले छोटो लागेको १५ मिनेट थाति रहदै आएको बिहेको निर्णय भयो त्यस दिन । त्यसको दुई दिनपछि टिकाटालो र १२ दिनपछि बिहे भएपछि जिन्दगीको एउटा अध्याय सकिएको छ । त्यसैले असार पाँच गते महत्वपुर्ण समय भयो मेरा लागि ।
म त्यो दिन मध्यान्हपछि घरबाट निस्केको थिए । मेरो यात्रा पश्चिम तर्फ भएकाले टाउको माथिबाट पार भएको घामलाई पछ्याइ रहेको जस्तो लाग्दथ्यो । सुस्त रफ्तारमा बाइक चलाउँदै र आफन्तको घरमा पस्दै बाँसगढी पुग्दा घाम मलिन भइ सकेको थियो । शुष्मा हामी बसेको कोठामा छिर्दा घाम डुवेको थियो र साँझ मौलाउने तर्खर गर्दै थियो । कुराकानी सकेर बाहिर निस्कदाँ वातावरण एक दमै गोधिली मय थियो । दुई दिनपछि टीकाटालो गरेर घर आएपछि मैले कोरेका तीन पंक्ति यहाँ राख्दै आजलाई विदा ।
No comments:
Post a Comment