Friday, July 1, 2011

चर्पीलाई पनि विशेश्वर

मैले नेपाली काँग्रेसले महामानव भन्ने गरेको विशेश्वरप्रसाद अर्थात वीपी कोइरलाको नै चर्चा गर्न थालेको हुँ वीपीले १०४ वर्षीय जहानीया राणा शासन उखेल्न महत्वपुर्ण भुमिका खेले उनी नेपालका निर्वाचित पहिलो प्रधानमन्त्री पनि हुन् वीपी कस्ता व्यक्ति हुन मैले चिनाइ रहन आवश्यकता नै छैन उनको मृत्यु उहील्यै भएको हो तर अझै लामो समयसम्म बाँच्ने छन् नेपालीको मन मनमा
वीपीले प्रजातन्त्रका लागि योगदान दिए साहित्यलाई पनि हराभरा बनाए अनि वीपीसँग यो चर्पी कसरी जोडिन आयो भन्नु होला त्यसको पनि चर्चा गर्ने छु विस्तारमा नेपाल सरकारले एउटा कार्यक्रम घोषणा गरेको जसको नाम गरिबसँग विशेश्वर जिल्ला विकास समितिको स्थानीय विकास कोष मार्फत गरिवसँग विशेश्वर कार्यक्रम संचालन हुँदो रहेछ कार्यक्रमको कस्तो प्रभाव भन्ने हेर्न अनुगमन गर्ने टोलीमा बसेर एक दिन गाउँ घुम्न गइयो
मंगलपुर गाविसको वडा नं। झनझनेमा रहेको माया नेपालीको सानो छाप्रोमा गइयो सुरुमा मायाको उमेर त्यस्तै २५ वर्ष जति रहेछ तर१० वर्षभन्दा कम उमेरका दुईजना भदासँग उनी बस्दी रहेछिन् त्यहाँ सात धुर जग्गा उनको रहेछ जंगलको छेउमा बाआमा भाइ श्रीमान सवै बितेका बुहारी अरुसँगै बिहे गरेर हिडेकी मायाको आफन्त भन्नु तिनै दुई साना भदा मात्रै
विपन्न असाहयको त्योभन्दा अर्को रुप सायदै हुन्छ होला अनि स्थानीय विकास कोषले सहयोग गरेर उनले यस पटक छाप्रो पछाडी खानेपानीको धारा गाड्न लागेकी रहिछन् तर चर्पी अझै रहेनछ सवैको घरमा शौचालय बन्यो भनेर खुला दिसा मुक्त क्षेत्र खुदिमुक्ष घोषणा भएको गाउँ हो त्यो तर मायाको घरमा चर्पी छैन त्यो पनि अर्को यथार्थ हो आखिर मायाको घरमा मात्रै होइन रहेछ चर्पी नभएको
मायाकोभन्दा सय मिटर वरको अर्को घरमा गयौं हामी त्यो घर राम्रो थियो टिनले छाएको घर सानो भए पनि सिमेन्टले जोडेको इटको गाह्रो भएको थियो पसल थियो त्यसमा एकजना महिलाले चलाएकी २५ हजार रुपैयाँ ऋण लिएर दुई वर्षअघि पसल थापेकी राम्रोसँग चले एक वर्षअघि थप एक लाख ऋण झिकिछन् स्थानीय विकास कोषबाट त्यसमा पनि ५० हजार रुपैयाँ चुक्ता भइसके आहा कस्तो सफल कार्यक्रम सवैले प्रशंसा गर्न थाले उनको कसैलाई शैच जानु पर्ने भए शौचालयको सोधखोज भयो तर त्यहाँ शौचालय रहेनछ कम से कम प्यान सहयोग भए शौचालय बनाउने छु भनिन् ति महिलाले
माया जस्तो विपन्नले त्यस्तो आशा राख्नु खासै अस्वभाविक हुँदैन थियो तर यहाँ पैसा खेलाउन सिपालु मायाकी छिमेकी पनि कसैले प्यान सहयोग गर्ला चर्पी बनाउँला भनेर बसेकी छन् खुदिमुक्ष गाउँमा अनि एउटा कुरा प्रष्ट पारौं यहाँ शौचालय गरिबसँग विशेश्वर कार्यक्रमको भने कुनै सम्बन्ध छैन चर्पी विशेश्वरको प्रतक्ष्य सम्बन्ध शुक्रनगर आएपछि भेटियो अनुगमनको क्रममा पुरा शुक्रनगरमा जम्मा एक घरमा मात्रै पसियो त्यहाँ पसेर पनि चर्पी मात्रै हेरेर फर्कियो
त्यो घरमा गरिवसँग विशेश्वर कार्यक्रमका लागि आएको पैसाबाट चर्पी बनेको रहेछ भर्खर बनेको छानो पनि हाल्न नभ्याइएको चर्पी थियो त्यो ।यसो हेर्दा अनुमगनमा परेका मध्ये सवैभन्दा राम्रो खालको थियो त्यो घर चर्पीका लागि विशेश्वर नै कुर्नु पर्ने अवस्थाको थिएन तर किन हो विशेश्वर नै लाग्नु परेछ त्यहाँ चर्पी बनाउन



No comments:

Post a Comment