Saturday, May 29, 2010

अक्षर विरुद्ध आगो

एकीकृत नेकपा माओवादी चितवनका इन्चार्ज अनिल शर्मा आफै पनि लेखक हुन् उनले लेखेका सवै कुरा बहुसंख्यक समुदायको हितका लागि हो भन्ने उनलाई लाग्न सक्छ उनले लेखेको मन नपराउने पनि प्रसस्तै हुन सक्छन् मन परेन भनेर उनका अक्षरहरुलाई आगो लगाउने काम भयो भने उनको चित्तले के भन्ला अक्षरको मर्म बुझेका जो कोही पनि अक्षरमा आगो लगाउन अग्रसर हुँदैन अक्षरको अस्तित्व त्यसरी नामेट पार्न सकिन्न भन्ने उसले बुझेको हुन्छ तर तिनै अनिलले सल्काए अक्षरका विरुद्ध आगो
भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक रहस्यमय ढंगले सम्पर्क बिहिन भएपछि अनेक अड्कलहरु चल्न थाले दिन बिते हप्ता बिते डा.भक्तमान कहाँ छन् कस्तो अवस्थामा छन् के भएर यसरी सम्पर्क बिहिन भएका हुन् भन्ने कुराहरु रहस्यमै रहन थाले यस्तो अवस्थामा बारको नागरिकले भक्तमान मओावदीको कब्जामा भन्ने समाचार छाप्यो कब्जामा लिनु पर्ने कारणहरु पनि समाचारमा उल्लेख थिए
एकीकृत नेकपा माओवादी का सह सेक्रेटरी ओवनाथ पाण्डेले फोन गरेर भने मसँग असन्तुष्ट प्रकट गरे समारचार भ्रामक हो यस्तो समाचार छापेकाले पत्रिका जलाउने निर्णय भएको उनले सुनाए पाण्डे कुनै बेलाका सहपाठी पनि हौं उनलाई मैले भने समाचारको असन्तुष्टि यसरी सडकमा पोख्न भएन एकीकृत नेकपा माओवादी जस्तो देश कै ठूलो पार्टीले विधिसम्मत तरिकालाई नपछ्याएर सडकमै आक्रोश पोख्दा पर्ने दुरगामी प्रभावलाई ख्याल राख्नु होला भन्ने आग्रह गरे पनि उनी अडानबाट ओर्लेनन्
भरतपुरको चौविस कोठीमा मध्यन्ह १२ बजे पत्रिका जलाउने निधो भए ठाउँठाउँबाट माओवादीका कार्यकर्ता जम्मा भएका थिए केही साहित्यकारहरु समेत नागरिकलाई सराप्दै अक्षर सल्काउने अनुष्ठानको शोभा बढाउन सहभागि भएका थिए इन्चार्ज अनिल शर्माले पत्रिका जलाउनुको औचित्य सिद्ध गर्न केही बेर शब्दहरु खेर फाले पत्रकारले मनपरि गरॆको हुँदा आफुहरुले पनि साथमा रहेको हतियार निकाल्ने उद्घोष अनिलले गरे अनिलको पार्टीले हतियार उठाएर संघर्ष गरेको हो अहिले हतियार कन्टेनरमा बन्द कन्टेनरबाटै हतियार निकालेर पत्रकार विरुद्ध आउलान भनेर हामीले नठाने पनि माओवादीले निकाल्ने हतियार के होला भनेर सर्वसाधरणले बुझ्ने उनै एसएमसी एलएमजी नै हो
अनिलले त्यस्तो वाक्य नबोलेको भए राम्रो हुन्थ्यो अक्षरका भक्त भए पनि अक्षरमा आगो साल्काउन अग्रसर हुँदा हतियारको ध्वास आइहाल्दो रहेछ उनलाई पनि त्यस्तै भयो पत्रिका जलाउने तयारी हुँदा माओवादीका कार्यकार्तले तालि ठोके पार्टीका सह इन्चार्ज शोभा कट्टेलले दुई किनारमा समातेर पत्रिका झुण्ड्याइन् अनिलले साथमा भएको हतियार ग्याँस लाइटर निकाले शोभाको हातमा पत्रिका झुण्डीको देख्दा मनले ठान्यो कसैलाई फासिको तख्तामा राखिदै जल्लादहरुले व्यक्तिको घाँटीमा फन्दा हाल्ने खुट्टले टेकेको तख्ता तान्ने तयारी गर्दैछन् शोभाले समाएको पत्रिकामा अनिलले आगो झोसे विस्तारै पत्रिकालाई आगोलाई आगोले खायो यसो गहिरिएर हेरेको आगोले खाएको पत्रिकाको अक्षर झनै तेजिला पो देखिए माओवादीको लर्को ठूलै वर्ग दुष्मनलाई निर्मुल गरेझै विजयी भाव लिएर फक्र्यौ
अनिलले नागरिकले माफी नमागे जे पनि हुन सक्ने चेतावनी दिएका थिए त्यो चेतावनीको प्रभाव भोलि पल्ट शनिबारकॊ बिहानीमा देखियो नागरिक बोकेर काठमाडौंबाट आउँदै गरेको गाडीलाई नारायणगढको रामनगर जंगल नजिक रोकेर माओवादीका कार्यकर्ताले आगो लगाए सात वर्षको बालक त्यसका चालकलाई समेत ओर्लने मौका नदिएर उनीहरुले आगो झोसेर दौडिएछन् हिजो अक्षर पोल्न अग्रसर हुनेहरु ज्युदै मान्छे पोल्न लम्केछन् बल्ल बल्ल ज्यान जोगएका चालक किसन श्रेष्ठ उनीसँग रहेका भतिज सात वर्षीय सुदर्शन श्रेष्ठको सातो नै गएको थियो वालक सुदर्शन बोल्न खान छाडेर टोलाउने मात्रै भएका छन्
गाडीमा रहेका धेरै पत्रिका जलेका रहेछन् बाँकी रहेको मध्येबाट एउटा पत्रिका झोलामा राखेर फर्के दिनभर व्यस्त रहेकाले साँझपख पत्रिका हेर्ने मौका मिल्यो पत्रिका अगाडीको किनार आगोले खाएको थियो एक थाकेको शरीर त्यसमाथि पत्रिकाको जलेको अंशले मन भावुक हुँदै थियो त्यसैबेला विदेश पुगेको साथी रामेश्वरको फोन आयो यताको घटनाक्रमसँग जानकार उसले सोध्यो 'रमेश के गर्दैछस् ?" मैले भने "आगोले बाँकी राखेका अक्षरहरु हेर्दै छु" उसले थप्यॊ " साथी आगोले निल्नै सक्दैन अक्षरलाई "

1 comment:

  1. अक्षरसंग खेल्ने बेलामा आगोसंग खेलेपछि आगोवालाहरुलाई यो अक्षरको महत्व कति होला भनेर के थाहा छ र ?? धन्न भण्डाराको काजोल प्रकरण दोहोरिएनछ ।

    ReplyDelete