Thursday, May 13, 2010

घेरा बन्दी

घरबाट निस्केर सिधै सहिद चोक लागियो भने गाडीको धेरा बन्दीमा परेर हैरानी बेहोर्नु पर्छ १० फुटॆ बाटोको दुवै किनारमा ठूला गाडीहरु पार्क गरेर राखिएका हुन्छन् समानान्तर रुपमा पार्क गरिएका दुई गाडीहरुका बीचबाट अरु गाडीहरु हिड्दा भिड बढ्छ जाम हुन्छ नगरपालिकाले खन्दै गरेको ढलको धुलो गाडीले फाल्ने धुँवा खाँदै विस्तारै वाइक चलाउँदा ठूलै हैरानी बेहोर्नु पर्ने हुन्छ
बजारमा व्यवस्थित पार्किङ छैन ठूला कप्लेक्स भने बनेको बन्यै छन् सहिद चोकको मुखैमा पर्ने मेघा मार्केट संगम मार्केटमा रहेका पसल अन्य व्यवसायिक फर्महरुमा आउनले गाडी वाइक बाटोमै मिल्काउन बाध्यछन् त्योभन्दा तल चितवन सिटी हस्पिटल पस्ने चोकदेखि ठूला ट्रकहरुको निस्फिकि्र बसाइले भिडभाड बढाएको यो गैर जिममेबार कार्यले सहिद चोक हुँदै सहरदेखि निस्कने चाहनेहरु घेरा बन्दीमा पर्छन्
सहिद चोकदेखि पूर्व पुतली बजार तर्फ जाने सडकको हालत पनि उस्तै पसलै पसल भएको त्यो बाटोमा प्लाजा मल पनि थपिएका छन् तर व्यवस्थित पार्किङ स्थल बनाउने सोच भने कसैको आएन नगरपालिकाले बेला बेलामा देखाउने विकास निर्माणको नाटकले पनि हामीलाई घेरा बन्दीमा पार्ने गर्छ पुल चोकदेखि पूर्व काठमाडौं जाने मुल बाटोको अहिलेको हालत बाटो होइन पासोको जस्तो
मेरो घरदेखि सिधै सहर निस्कने दुइवटा बिन्दूहरु छन् एउटा सहिद चोक हुँदै अर्को पुल चोक हुँदै सहिद चोकको कथा भनि सकियो पुल चोक पस्ने नाकाको व्यथा पनि उस्तै उस्तै पुलचोकसम्म फुत्कन सहिद चोकको भन्दा सामान्य खालको उकालो निकास काट्नु पर्छ त्यो उकालेमा लामो दुरीका बस लम्पसार परेका हुन्छन् अनि उही धुवा धुलो हर्नको ट्याट्या टुरटुरको मार खप्नु पर्छ यता पनि तर जाम सहिद चोकको भन्दा केही कम नै हुन्छ
बजार पस्ने मुल बाटो छुन अर्को वैकल्पिक बाटो पनि नभएको होइन बेलचोकदेखि आनन्द मार्ग हुँैदै लायन्सचोक नजिक निस्कने तर यो बाटोमा पनि सदाबाहार जाम हुन्छ अनि थप कुरा बाटोको अवस्था पनि नाजुक त्यसैले त्यताबाट निस्कन सकस नै बेहोर्नु पर्छ सिधै मुल बाटो छुने सबै नाकाहरुको यस्तो दुर्गती भएपछि बजार निस्कने विचार आयो कि दिक्क लाग्न थाल्छ गाडीको यो नाका बन्दी घेरा बन्दी तोड्न को अग्रसर हुने हो खोइ
चितवनमा मान्छे थपिएका थपियै छन् गाडी उत्तिनै बढेका छन् पसल उद्योग पनि फैलिएका छन् तर व्यवस्थित योजना बनाउने फराकिलो सोच कसैको आएन वैकल्पिक राजधानीको चर्चा उचालेर प्लटिङ व्यवसायीले जग्गाको मुल्य बढाए राजधानी सहरमा हुनु पर्ने पूर्वाधारहरुको ख्याल गर्ने फुस्रद कसैलाई भएन जसका कारण गाडीको घेरा बन्दीमा परेर घण्टै सडकमै बस्नु पर्ने अवस्था अहिले हेक्का नभए पनि पछि त्यस्तो बेहाल बेहोर्नु पर्ने पक्का

No comments:

Post a Comment