उनी वि.स.१९६७ सालको माघ २४ गते तनहुँको बन्दीपुरमा जन्मेका हुन् । चन्द्रकुमारले वि.स.१९८३ मा बन्दीपुर मालपोतमा लेखनदास सिपाहीको रुपमा सरकारी जागिर सुरु गरे । उनी १९८४ सालमा पोखरा अदालतमा लेखनदास सिपाही भएर गए । त्यो बेला महिनाको पाँच रुपैयाँ तलब पाउँथे । जागिरबाट निवृत्त हुदा उनी चरिकोट अदालतमा डिठ्ठा थिए ।
शताब्दी पार गरेका चन्द्रकुमारको सम्मानमा प्रधान सेवा समाज चितवनले सोमबार साँझ नारायणगढमा श्राद्धासुमन अर्पण गर्ने कार्यक्रम राख्यो । एकजनाको कुममा देब्रे हात राखेर र दाहिने हातले लठ्ठी समाएर चन्द्रकुमार माचमा गए । सभाहलमा जम्मा भएका प्रधान खलकका पाँच सय आफन्तलाई सम्बोधन गर्न उनले कापीमा केही कुरा लेखेर ल्याएका रहेछन् ।
उनले लेख्ने काम पनि अझै आफै गर्दा रहेछन् । कापीमा कोरिएका सय वर्षे जिवनका विभिन्न अनुभवहरु उनले बिना चस्मा खर्रर पढेर सुनाए । उनको भनाइ थियो 'जसले आफ्नो कुलको भलो चिताउछ त्यसैले समाज र देश बनाउँछ । नराम्रो नगर्नु अन्याय नसहनु ।' यो उमेरमा पनि दान प्रतिको लगाव छाडेनन् उनले । प्रधानसेवा समाजले खोलेको कोषमा १० हजार रुपैयाँ सहयोग गरे ।
चन्द्रकुमारले दिनको एक बोतल कोकाकोला खान्छन् । अहिले नवलपरासीको गैंडाकोटमा बस्ने गरेका उनी प्रत्येक एकादशी र औंसीमा ब्रत बस्न छाड्दैनन् । दालभात तरकारीसँग सिसामा च्याँपेको अचार र कागतीको आधा टुत्रला छुट्दैन । उनलाई घिऊ र चिनी नभइ हुँदेन । आँप केरा सुन्तला उनले औधि मन पारउने फलफुल हुन् ।
सय नाघ्दा पनि स्वस्थ हुनुको रहस्य खोल्छन् 'सधै सादा जस्वन जिउनु पर्छ । सदाचारले जीवन सार्थक हुन्छ । सार्थक जीवन जिउने सुखी हुन्छ । सुखले शान्ति ल्याउँ छ र शान्तिले परम आयु दिन्छ ।' दुई श्रीमतीबाट छ भाइ छोरा र १० बहिनी छोरी भएका थिए उनलाई । जेठी श्रीमती मोहनमायाको निधन भइसकेको छ । कान्छी केशकुमारी साथै छिन् ।
No comments:
Post a Comment