Monday, May 23, 2011

चोरी कैद भएको भिडियो

केही समयअघि चितवन नारायणगढको एटुजेड मोवाइल हाउसमा चोरी भयो । एका बिहानै अर्थात पाँच बजे चोर पसलमा छिरेको रहेछ । पसलमा सीसी क्यामरा जडान भएको रहेछ । पसलमा चोरको सवै चाल सीसी क्यामरामा कैद भयो । पसलवाला कति हुस्सु रहेछ क्यामराको दृश्यमा चोरको हरकत हेर्दा थाहा हुन्छ । मुल्यवान समानहरु राखेको पसलको कुनै घर्रा लक गरिएको छैन । करिव ३५ लाख रुपैयाँ बराबरको समान चोरी भएको अन्दाज छ । अनि सवैभन्दा ठुलो विडम्बना चोरको यो स्वरुप देखापरे पनि प्रहरीले यसलाई फेला पार्न सकेको छैन । भएन त हरिविजोग ।

No comments:

Post a Comment