सुजता कोइरला नेपाली जनमानसले त्यक्ति मन नपराउँने राजनैतिक व्यक्तित्व हुन् । उनका ज्वाइ रुवेल पनि नेपालमा अनेक घटनामा मुछिएको खवर आयो । अनि एकएक जनमानसमा रुवेलमाथि जाइलागेर पारसले ठिक गरे भन्ने धारणा बन्न पुग्यो । अनि यो जनभावनालाई आधार बनाएर चलखेल गर्न थाले पारस र राजतन्त्रका समर्थकहरु । राजतन्त्र जिन्दावादसम्मका नाराहरु लाग्न थाले । दल र गणतन्त्रप्रति आक्रोश पोखे पारसका मान्छेले ।
तारेख खेपनका लागि चितवन आएका बेलामा पनि राजावादीहरुले यो घटनालाई उत्सवको रुपमा मनाउने निधो गरे । पारसको भव्य स्वागतमा मान्छेहरु भेला गराउन थाले राजतन्त्रका समर्थकहरु । नेताहरुले बुद्धि नपुराउनाले नेपालको राजनीति यो बेला डामाडोल अवस्थामा पुगेको छ । पदका लाथि तुच्छभन्दा तुच्छ काममा लिप्त हुन थालेका छन् राजा फालेका नेपालका नेताहरु । यस्तो बेला केही माथि पर्न सकिन्छ कि भनेर राजावादीहरु सल्बलाउन थाल्नु स्वभाविक नै हो ।
भएसम्मको सकेसम्मको गरे राजावादीहरु । अनि राजावादीको लहरमा यस पटक खुला रुपमा देखा परे नेपाली चलचित्रका सदाबाहार नायक शिव श्रेष्ठ । श्रेष्ठ पारसँगै जिल्ला प्रशासन चितवन भित्र छिरे । काम सकिएपछि प्रशन्न मुद्रमा कार्यालयबाट बाहिर । केही बेर शुभचिन्तकसँग् भलाकुसारी गरे । पारसको स्वागतका लागि भन्दै समर्थकहरुले भरतपुरको केन्द्रीय वसपार्कमा कार्यक्रम राखेका थिए । पुर्व युवराजलाई पुवराजा भनेरै सम्बोधन गरियो त्यो कार्यक्रममा । अनि मंचमा पारसलाई बोलाइ सकेपछि पुर्व मन्त्री खोभारी राय राज्यमन्त्री जगत गौचन सहित नायक शिव श्रेष्ठलाई पनि बस्न आउँ भनियो ।
शिव श्रेष्ठ गजक्क परेर मंचमा बसे । आयोवकहरुले माला लगाए दिए खाँदा ओढाइ दिए । अनि टीका पनि लगाइ दिए । नेपालमा चलचित्रकर्मीहरु शक्ति केन्द्रको आड लाग्नु नौलो घटना होइन । माओवादीको आडमा कोही छन् कोही काँग्रेस र एमालेमा पनि छन् । वि।स।२०६४ सेठ १४ सम्म नेपालको मुख्य संस्था रहेका राजतन्त्रको वरपर एक समय थुप्रै कलाकारहरु थिए । तर नेपालमा राजतन्त्र अन्तय भएर गणतन्त्र स्थापना भएपछि कलाकारहरु अन्यत्र सरे । रेखा थापा प्रचण्डसँग पुठो जोडेर नाच्न थालिन राजेन्द्र खडेगी लालसलाम भन्न थाले अरु त अरु राजधरानासँग् जोडिएका निर शाहा समेत माओवादी भए । अनि भुवन केसी जस्ता सदावाहार नायक एमालेमा पसे । विगतमा कलाकार प्रविण गुरुङलाई पजेरोले कुल्चेर मारेका आरोप लागेका पारस शाहको पछि पछि शिव श्रेष्ठ देखिए । राजतन्त्र अन्त्य भएका बेला अनि पारसले उद्दण्डा काम गरेको भनेर मुद्दा चलेका बेलामा पनि नेपालका यी ख्याती प्राप्त नायक शिव श्रेष्ठ जे होस पारसकै नजिक लागेर हिडेका छन् । यसलाई के भन्ने सच्चाभक्तीको त उदाहरण नै मान्नु पर्ला । उनले ठिक गरे या गलत गर्दैछन् त्यो बहसको अर्को विषय हो ।
No comments:
Post a Comment