
पानबहादुर चितवन शक्तिखोर गाविसको कोलार गाउँमा बस्छन् । शक्तिखोर बजारबाट उत्तर तर्फ लगभग एक घण्टा पैदल हिडेपछि समथर बाटो सकिन्छ । अनि ठाडै उकालो लागेपछि हिँड्ने बानी त्यत्ति नभएका मनुवाहरु फतक्कै गल्न थाल्छन्, पसिनाले निर्थुक्क हुन्छन्, मुख सुकेर च्याप च्याप्ति हुन्छ, त्यो बेला भेटिन्छ एउटा विसाउने चौतारो । चौतारोको आडमा पानीको धारा पनि छ । धाराभन्दा ५० हात पर एउटा घर छ । त्यो घर सामान्य खालकै छ ।
सामान्य खालको भइकन पनि एउटा कुराले बटुवाको आखा तानि हाल्छ । कारण घरको धुरी मुनीको भित्तामा चारलाइनको सायरी छ । 'खहरे खोलाको मात्र धुन होइन पि्रय समुन्द्रको पनि धुन हुन सक्छ । धनीको मात्र माया होइन पि्रय गरिबको पनि गुन हुन सक्छ' चितवनको पुरानो सदरमुकाम उपरदाङगढी जाने बाटोमा पर्छ यो घर । डेढ वर्षअघि त्यो बाटो समाउँदा पहिलो पटक पढिएको थियो यी पंक्ति ।

हुने खानेहरु कमप्युटरमा फेसबुक चलाउँछन् । त्यसैको वालमा आफ्ना कुरा पोख्छन् । अब प्रविधिबाट टाढा रहेका पानबहादुर घरको वालमा आफ्ना कुरा पोत्छन् । फेसबुक जस्तै त भयो नि उनको घर होइन र डेढ वर्ष अगाडी जाँदा दौलोमा ताला झुण्डिएको घर यस पटक जाँदा खुलै रहेछ । पिढिमा एकजना महिला केही काम गर्दै थिएन् । आगँनमा दुई बालिका खेल्दै थिए । घरको आगनमै पुगेर मैले सोधे 'पानाबहादुर कता त ?' दुर्भाग्या पानबहादुर रहेनछन् घरमा । किन हो ला खोजेको भनिन् महिलाले । पानबहादुरकी श्रीमती रहिछन् उनी । पानबहादुर बिहेको निम्तो मान्न पल्लो गाउँ गएका रहेछन् ।

पानबहादुरकी श्रीमतीले आफ्नो नाम भन्दै भनिनन् । नौ वर्षअघि बिहे भएको रहेछ । तीनवटा छोरी जन्मेछन् । छोरीको नाम भने सुन्न पाइयो । उनीहरु रहेछन् विनीता, सविता र सिता । रसिक पाराको जस्तै लाग्ने पानबहादुरले मागी बिहे गरेका हुन् या भगाएर ल्याएका हुन् । सिताकी आमाले भनिन् 'के को भागेर आउँने मागेरै बिहे भएको हो ।'
No comments:
Post a Comment