खवर चितौने युवकले अहिले चर्चा र चल्तिको शिखरमा रहेको फेसबुक मार्फत गरेको अपराधसँग सम्बन्धित छ । प्रहरीले चितवन खैरहनी गाविस वडा नं ४ का सावर श्रेष्ठ भनिने मनिस श्रेष्ठलाई समातेको रहेछ । श्रेष्ठले फेसबुक मार्फत नचाहिदो मात्रै होइन गम्भिर प्रकृतिको अपराधिक काम गरेको आरोप बुटवल प्रहरीको रहेको छ । श्रेष्ठमाथि बन्धक ठगि लगायतका तीन चारवटा मुद्दा पर्ने बुटबल प्रहरीको भनाई उदृत गर्दै लुम्बिनी दैनिकले खवर छापेको छ । फेसबुक अति दुरुपयोग हुँदै गएर प्रतिबन्धित हुने अवस्थामा पुगेको बेला लुम्बिनी दैनिकमा छापिएको सो खवरले फेसबुकका शुभचिन्तक प्रयोग कर्तालाई थप चिन्तित बनाउने छ । साथै सजक र सतर्क हुनु पर्ने शन्देश पनि दिने छ ।
श्रेष्ठ चितवनबाटै समातिएका हुन तर प्रहरीले निगरानी राख्दा उनी परासीमा थिए । परासीबाट फुत्केका उनी चितवनमा समेत प्रहरीलाई झुक्याउन सफल भएका रहेछन् । तर अन्तिममा उनी समातिए । फेसबुक आफैमा नराम्रो कदापी होइन तर यसलाई दुरुपयोग गर्ने खतरा बढेको यो घटनाले देखाएको छ । फेसबुकमा जो सुकैलाई पनि साथी बनाउँदा केसम्मको दुख र हैरानी पाइदो रहेछ भन्ने कुरा मनिसले सताएकाहरुलाई भन्दा बढी जानकारी अरु कसलाई होला र ? तर हामी त्यो हैरानीको अनुमान लगाउन भने सक्छौं ।
फेसबुकका भित्ताहरुमा अश्लिल सिनेमाका क्लिप्सहरु आएर धेरैलाई सताएको हो ला । अब अश्लिल सिनेमाको पात्रै नै आफैलाई बनाएर पैसा माग्न थालेमा अचम्म नमान्नु पर्ने बेला आयो । प्रतिबन्धित हुने बाटोमा लम्केको यो फेसबुक होसियारीका साथ चलाउ । अहिलेलाई यत्ति नै ।
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.
ReplyDelete