Saturday, June 5, 2010

बाँदरमुढेकॊ सम्झना

वि..२०६२ सालको जेठ २३ गते बिहान सवा आठ बजे चितवनको विकट क्षेत्र माडीको बाँदरमुढेमा जे घटना भयो त्यो नेपाली इतिहासको एउटा नमेटिने कलंक हो माओवादीले जनसत्ता स्थपान गर्न ५२ सालदेखि सुरु गरेको सशस्त्र युद्धले नपुरीने घाउँ बनाएको ठाउँ हो बाँदरमुढे सेना चढेका छन् भनेर सर्वसाधरण चढ्ने बसलाई माओवादीहरुले त्यस दिन आक्रमणको निसाना बनाए बस आउने बाटोमा पुरेर राखेको विष्फोटक लुकेर पड्काउँदा तीनजना सेना ३५ जना अरु सर्वसाधरणको ज्यान गएको ठाउँ हो बाँदरमुढे जुज घटनामा ७२ जना घाइते भए जसको घाउँ अझैसम्म चहर्याइ रहेको
माडीमा बम पढ्केर बसमा रहेका सवैको ज्यान गयो रे भन्ने खवर बिहान १० बजे मात्रै आयो त्यो समय देशमा राजाले प्रत्यक्ष शासन सत्ता सम्हालेको बेला थियो कडैलेस फोनहरुका टावरहरु सेनाले थुतेर लगेको थियो माडीमा कर्डलेसको विकल्प थिएन मोवाइल फोन बजारमा समेत चल्दैन थियो त्यसैले ज्ञानेन्द्रको कालो शासनमा माओवादीले गराएको दर्दनाक घटना पनि तत्कालै यता आउन सकेन विष्फोटको जानकारी आउना साथ हामी पत्रकार मानवअधिकारकर्मीको टोली एउटै गाडीमा त्यता हानियो
राप्ती पुल नजिक जगतपुरको घैलाघारीमा चौरभरी घाइतेहरु थिए सिसौंको छहारीमा ऐया आत्था भन्नेहरुमा बुढाबुढी युवा केटाकेटी सवै थिए अगाडी एउटा महिलाको काखमा ढाकाको भोटो लगाएको सानी बच्चि निकै रोइरहेकी थिइन् छातीमा टाँसेर ढाँडमा जति थप्थपाए पनि महिलाले उनको रुवाइ रोक्न सकेकि थिइनन् त्यो बच्चा उनको रहेन बच्चाको आमा कता छिन् के भयो उनलाई पनि थाहा रहेनछ अलि पर एएटा युवक सुति रहेको भेटियो यसलाई के के भयो भनेर सोध्यौ बा दिदी आएका थियौ यता छु उनीहरु गए भनेर धरधरी रुन थाल्यो उसैले भन्यो छतभरी भित्र खचाखच मान्छे थिए बम पड्कियो धेरै नै मरे
त्यहाँबाट एक घण्टा हिडेपछि बाँदरमुढे पुगियो जाँदा बाटोमा बाँदरमुढे तर्फ जानेको जत्रो लाइन थियो अर्को साइडमा फर्केकाहरु पनि उत्तिकै देखिन्थे ठ्याक्कै घटना स्थलमा पुग्दा सेनाले रोक्यो केही बेरपछि जानु होला भन्दै वरै राख्ख्यो हामी अटेर गर्दै केही परसम्म पुग्यौ खोलामा घटना भएको थियो टाढाबाट ढिकले राम्रोसँग देख्न सकिदैन थियो सेनाले राक्दा रोक्दै पनि केही परसम्म गएर हेर्दा बस धुजैधुजा भएको थियो रेडक्रसको झण्डा गाडेको पाइयो लाशहरु यता त्यता छरिएका देखिन्थे तन्ना च्यादरले तिनलाई छोपिएको थियो
हेलिकोप्टरमा काठमाडौंबाट आएको फोटो पत्रकारहरुले धमाधम फोटो खिचेर फर्के हामीलाई सेनाले नजिक पर्नै दिएन त्यति बेला कसरा ब्यारेकमा थिए कर्णेल अजित थापा नाम अजित काम अजिबको थियो पत्रकारहरुले त्यहाँ के बिगार गर्ने थिएर तर कर्णेल अजितलाई के लाग्इाे कुन्नि उनले जिल्लाका पत्रकारहरुलाई त्यहाँ पर्ने दिएनन् घटना स्थल नजिक सर्वसाधरणको बाक्लो घेरा थियो बिहानैदेखि उद्धारमा खटेकाहरु पनि भेटिए उनीहरुले भने ३० भन्दा बढीको ज्यान गयो सयको हाराहारीमा घाइते भए होलान कर्णेलले त्यहाँ छिर्न नदिए पनि वरैबाट थाहा भयो घटना सोचेभन्दा ज्यादै विभत्स रहेछ लगभग तीन घण्टा त्यहाँ बसेर हामी फक्र्यौ
अहिले जस्तो एफएमको संख्या पनि धेरै थिएन त्यो बेला भएका एफएमलाई पनि राजा ज्ञानेन्द्रको सरकारले समाचार भन्न दिएको थिएन त्यसैले के भएको हो सवैले अनुमान मात्रै लगाएर बसेका थिए हामी अफिस आउँदा नआउँदै फोनको बाढी सुरु भयो
फोनबाट तारन्तारको सोधाइ घटना स्थल जान तीन घण्टासम्म सेनासँग अनुमतिका लागि गरेको असफल अनुरोध विभत्स घटनाको मानसपटलमा परेको प्रभाव यसैबीचमा पनि समाचार तयार गर्नु पर्ने बाध्यता यी सवै कुराले त्यस दिन मानसिक शारिरिरुपमा साह्रै गलायो अझ समाचर पुष्टीर सही जानकारी तथा तथ्याकंकका लागि असहयोगी अधिकारीहरुसँग जानकारीका लागि ठाउँठाउमा फोन गर्नु पर्यो यी सवै कुराले त्यस रात राम्रोसँग निद्र परेन मेरो पत्रकारीता जीवनको अहिलेसम्मकै तनावपूर्ण सयम थियो त्यो
घटना प्रति माओवादी अध्यक्ष प्रचण्डले क्षमा मागेछन् तर घटनामा उनको को को कार्यकर्ता संलग्न थिए उनीहरुलाई के कारवाही भयो माओवादीले खुलाउनै चाहेन आन्तरिक कारवाही भएको भनियो माओवादी अध्यक्ष प्रचण्डले नै जनयुद्ध कालकै सवैभन्दा कंलकित घटना भनेर त्इसलाई स्वीकार गरे हुन पनि एकै पटक त्यति धेरै सर्वसाधरणको ज्यान जाने गरेर सशस्त्र संघर्षका दौरान अरु कुनै घटना भएन
प्रचण्डले उपयुक्त समयमा माडी नै गएर माफी माग्ने बताएका हुन् त्यो साइत पनि अझै जुरेको छैन घटनामा बालबच्चा गर्भवती महिला समेत मरे बाँचेकाहरु पनि शारिरिक मानसक रुपमा असक्त छन् उनीहरुको सुविधाका लागि नमाओवादीले सोच्यो सरकारले घाइते आफन्त गुमाएकाहरुको आक्रोश सान्त भएक्ो छैन त्यस्तो अवस्थामा जाँदा केही अनिष्ट हुन्छ भन्ने आशंकाले प्रचण्डले ६४ सालको असारमा माडी जाने भनेर तय गरेको कार्यक्रम पनि रोके अहिले सवैले बाँदरमुढे घटना विस्रन चाहेका छन् तर घाइते पिडितको मन इतिहासका पानाबाट त्यो कलंकपूर्ण पाटो कहिल्यै मेटिने छैन


No comments:

Post a Comment